नियम २४
अन्तिम आदेश वा फैसलाको कार्यान्वयन
  (१) संवैधानिक इजलासबाट भएका अन्तिम आदेश वा फैसलाको कार्यान्वयनका लागि त्यस्तो आदेश वा फैसला तयार भएको तीन दिनभित्र रजिष्ट्रारले सम्बन्धित निकायलाई लेखी पठाउनेछ ।
(२) उपनियम (१) बमोजिम कार्यान्वयनका लागि लेखी आएको अन्तिम आदेश वा फैसला सम्बन्धित निकायले यथाशीघ्र कार्यान्वयन गरी सोको जानकारी अदालतलाई गराउनु पर्नेछ ।